Sagun Khabar
भारतको ओडिसामा चट्याङले लागेर १० जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

भारतको ओडिसामा चट्याङले लागेर १० जनाको मृत्यु भएको छ । 

समाचार संस्था पीटीआईका अनुसार शनिबार ओडिसा राज्यको कयौँ स्थानमा भिषण वर्षासँगै परेको चट्याङले विभिन्न ६ जिल्लाका १० जनाको मृत्यु भएको हो ।

खबरअनुसार खोरधा जिल्लामा चार र बलांगिर जिल्लामा दुई जनाको मृत्यु भयो । यस्तै अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा एक-एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update