Sagun Khabar
काम नगर्ने ठेकेदारको म्याद थप हुन्न : मन्त्री देउवा 

डडेल्धुरा –सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले काम नगर्ने ठेकेदारको म्याद थप नगरिने बताएका छन् । 

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आइतबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यसपालि म्याद थप गर्दा धेरै विचार गरिने बताएका हुन् । तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनीको ठेक्काको म्याद थप नगर्नका लागि आफूले लबिङ गरिरहेको उनको भनाइ छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

विभिन्न बाहना बनाएर काम नगर्ने प्रवृति बढेको भन्दै उनले काम नगर्नेहरुलाई निरुत्साहित गरिने उनले बताए । 

मन्त्री देउवाले डडेल्धुरा जिल्लामा सधैँ राम्रो बजेट आउने तर कार्यान्वयनमा समस्या हुने गरेको बताए । जिल्लामा आएको बजेट कार्यान्वयनमा सम्बन्धित कार्यालयले ध्यान दिनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update