Sagun Khabar
डडेल्धुरामा  मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको  स्टेज भत्किएपछि  भागाभाग

डडेल्धुरा -  डडेल्धुरामा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको  स्टेज भत्किएको छ। डडेल्धुरा बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सब कार्यक्रममा स्टेज भत्किएको हो ।

 बुधबार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेपछि अतिथिहरूको भागाभाग परेको हो। 

स्वास्थ्य सन्देश
Atrya hospital

स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए।

मञ्च भत्किएर चोट भने कसैलाई पनि लागेको छैन। मञ्च भत्किएपछि केही समय कार्यक्रम स्थगित भएको थियो।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update