Sagun Khabar
चितुवाको आक्रमणबाट तीन जना घाइते

अछाम- अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका –६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउँद घाइते भएकी छन् । हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो । 

यस्तै सोहि पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा   मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताए  । 

स्वास्थ्य सन्देश
Atrya hospital

चितुवाको आक्रमणबाट हैकलाको कुमको तलपट्टी चोट लागेको छ । घाइते तीनै जनाको स्थानीय स्वाथ्यचौकीमा उपचार भैरहेको छ । तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक साउँदले बताए  । चितुवाले आक्रमण गर्नेबित्तिकै हैकलाले हल्ला गरेकाले नजिकैका व्यक्तिहरु आएपछि चितुवा भागेको थियो ।

दुई हप्ताअघि पनि सोही गाउँपालिका –७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update