Sagun Khabar
पहिराेबाट खसेको ढुंगा लागेर डडेल्धुराका एक जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा- सडकमाथिबाट खसेको ढुंगाले टाउकोमा लाग्दा डडेल्धुराको रडुवामा मोटरसाइकल पछाडि सवार व्यक्तिको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा डडेल्धुराकै अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक कुसम नायकले बताए ।

प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरकोे मोटरसाईकल पछाडि सवार ऐरको टाउकोमा शनिबार माथिबाट खसेको ढुंगा लागेका थियो । टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आईतबार बिहान बाटोमै मृत्यु हो ।

मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update