Sagun Khabar
दार्चुलाको शैल्यशिखरमा आज शोक बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाले आज नगर क्षेत्रका सबै कार्यालयहरुमा शोक बिदा दिएको छ । नगरपालिकामा कार्यरत नायब प्राविधिक सहायक खेमराज कपाडीको मोटरसाइकल दुर्घटनामा परी निधन भएको शोकमा बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

शैल्यशिखर नगरपालिबाट कार्यालयको कामले डडेल्धुरा गइरहेका कपाडीको आइतबार मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । बैतडीको दोगडाकेदार गाउँपालिका ५ सलसेनामा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । 

कपाडीको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले आज नगरपालिका क्षेत्रभित्रका सबै कार्यालयहरुमा शोक बिदा रहेको उल्लेख गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update