Sagun Khabar
डडेल्धुरामा अटोरिक्सा दुर्घटना, दुई जनाको मृत्यु 

डडेल्धुरा –डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

अत्तरियाबाट  डोटीका लागि छुटेको अटोरिक्सा गएराति भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए । 

घाइते वीरबहादुर कुँवरको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । अटोमा तीन जना रहेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update