Sagun Khabar
महाकालीमा हाम फालेर दार्चुलाका एकजना बेपत्ता 

दार्चुला –महाकाली नदीमा हाम फालेर दार्चुलाका एकजना बेपत्ता भएका छन् । जिल्लाको महाकाली नगरपालिका–१ लास्कु बस्ने आन्दाजी ४५ बर्षीय ज्ञानु भुलले बिहीबार बिहान नेपाल–भारत जोड्ने झोलुंगे पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

दार्चुलाको खलंगाबाट भारतीय बजार धारचुला जान लागेका भुललाई एसएसबीले परिचय पत्र मागेर र परिचयपत्र नभएपछि उनलाई नेपाल तर्फ फर्काइएको थियो । नेपालतर्फ फर्काएपछि भुलले महाकालीमा हाम फालेको श्रोतले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

एसएसबीले फर्काएको बिषयमा भने एकीन नभएको र सीमा नाकामा पहिचान खुल्ने कागज माग्ने प्रचलन भने रही आएको प्रहरी निरीक्षक सिंहले बताए । 

बेपत्ता भुलको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update