Sagun Khabar
भारतको बाटो भएर दार्चुलाको व्याँस जाने विषयमा भारत र नेपालबीच छलफल

दार्चुला –दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्याँस गाउँपालिका आवतजावत गर्ने बिषयमा छलफल भएको छ । केही दिन पहिला तिंकरमा जान खोज्दा भारतीय पक्षले  रोक लगाएको विषयमा छलफल भएको हो । नेपाल र भारतका अधिकारीहरूबीच सहज रुपमा आवतजावत गर्न दिने बिषयमा छलफल भएको बताइएको छ । 

केही समयअघि महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

छलफलमा आफ्नो पक्षबाट कमजोरी भएको भारतीय पक्षले स्वीकार गरेको र  आगामी दिनमा यस्तो अवस्था दोहोरिन नदिन गम्भीर रहेको जनाइएको छ । 

छलफलबाट एक–आपसमा सम्पर्क, समन्वय बढाउनुपर्ने दुवै पक्षले निश्कर्ष निकालेको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update