Sagun Khabar
सुप विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा चन्द, महासचिवमा बैतडीको जेएमसीका चन्द चयन 

बैतडी –सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा. राजवीर चन्द निर्वाचित भएका छन् । चन्दसहितका पदाधिकारी सदस्य एकल संक्रमणीय चुनावी प्रणालीबाट निर्वाचित भएका हुन् । 

उपसभापतिमा महेन्द्रबहादुर चन्द, महासचिवमा मानबहादुर चन्द, सचिवमा ईश्वरकुमार हमाल, कोषाध्यक्ष गिरिराज कठायत तथा सदस्यहरूमा दानबहादुर मडै, केशवबहादुर थापा, धाना धामी, धनसिंह धामी, राजेन्द्रप्रसाद जोशी, इशा जोशी र धनसिंह विष्ट रहेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

महासचिवमा निर्वाचित मानबहादुर चन्द बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा कार्यरत उपप्राध्यापक हुन् । 

प्राध्यापक संघमा नेपाली कांग्रेस निकट पाँचजना प्राध्यापक निर्वाचित भएका छन् भने एमाले निकट तीन जना निर्वाचित भएका छन् । यस्तै माओवादी केन्द्र निकट दुई र एकीकृत समाजवादी निकट एक जना निर्वाचित भएका छन् । 

प्राध्यापक संघको ११ पदका लागि १३ जनाले उम्मेदवारी दिएका थिए । 
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update