Sagun Khabar
बैतडीका दुई विद्यालयमा ३५ हजार बराबरको खेलकुद सामग्री वितरण 

बैतडी–बैतडीका एक युवाले जन्मदिनको अवसरमा दुईओटा विद्यालयमा ३५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका–४ घर भएका एस.पी भट्टले आफ्नो जन्मदिनको अवसरमा दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखाली र दशरथचन्द आधारभूत विद्यालय गढीमा खेलकुद सामग्री वितरण गरेका हुन् । 

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बालबालिकाहरुलाई खेलकुदमा सहयोग पुगोस भनेर  खेलकुद सामग्री वितरण गरेको भट्टले बताए । 

क्रिकेट ब्याट, विकेट, क्यारम बोर्ड, ग्लोभ्स, ब्याडमिन्टन, चेस, क्रिकेट बल, कर्क, फुटबल, भलिबल र नेटजाली लगायतका सामग्री दुवै विद्यालयमा वितरण गरिएको भट्टले बताए । 
सम्बन्धित विद्यालयमै पुगेर बुधबार सामग्री हस्तान्तरण गरिएको भट्टले बताए । 

दशरथचन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले विद्यालयमा खेलकुद सामग्रीको अभावका बीच प्राप्त सहयोगले विद्यार्थीलाई खेलकुद गतिविधिमा थप प्रोत्साहन मिल्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता समेत रहेका भट्टले धनगढी र बैतडीमा विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमा सहभागिता जनाउँदै आएका छन् । यसअघि त्रिपुरासुन्दरी जात्रामा उनले श्रद्धालुहरुका लागि निशुल्क बसको व्यवस्था गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update