Sagun Khabar
बैतडीको प्रसिद्ध जगन्नाथ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ शुरु 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडी सदरमुकामस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्र बैतडीको संयुक्त आयोजनामा मन्दिरमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले  जानकारी दिए । 

हरेक बर्ष जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रका तर्फबाट जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गर्ने परम्परा अनुसार यो बर्ष पनि सप्ताह ज्ञान महायज्ञ शुरु गरिएको हो । समस्त प्राणीको कल्याण र विश्व शान्तिको कामना गर्दै शुरु गरिएको बताइएको छ । सम्पूर्ण कर्मचारीहरुको तर्फबाट जगन्नाथ मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

जगन्नाथ मन्दिरमा सञ्चालन भएको महायज्ञमा सहभागी भइ भगवत वाणी श्रवणका लागि समेत आग्रह गरिएको छ । जगन्नाथ मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास समेत रही आएको छ । हरेक बर्ष झैं यो बर्ष पनि मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ शुरु गरिएको कर्मचारी मिलन केन्द्र बैतडीका अध्यक्ष नरेन्द्रप्रसाद अवस्थीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update