दार्चुलामा एक किशोर चरेशसहित पक्राउ
दार्चुला –दार्चुलामा एक किशोर चरेशसहित पक्राउ परेका छन् ।
५ ग्राम चरेशसहित दार्चुलाको महाकाली नगरपालिका –४ खलंगा बजारबाट सोही नगरपालिका–२ पनौडा घर भई हाल महकाली नगरपालिका–४ बाङ्गाबगड बस्ने १८ बर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ चेकजाँच गर्दा चरेशसहित ती किशोरलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३ १६:४८
प्रतिक्रिया दिनुहोस्




