Sagun Khabar
मुम्बईको साततले भवनमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु

भारतको मुम्बईस्थित गोरेगाउँमा रहेको साततले भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । 

समाचार एजेन्सी पीटीआईका अनुसार बीएमसी अधिकारीहरूले आज बिहान मुम्बईको गोरेगाउँ क्षेत्रमा रहेको सात तले आवासीय भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको र ४० जना घाइते भएको जानकारी दिएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बीएमसीका एक अधिकारीले गोरेगाउँ पश्चिमको आजादनगर क्षेत्रमा रहेको ग्राउन्ड–प्लस–सेभेनको जय भवानी भवनमा बिहान करिब ३ बजे आगलागी भएको बताए ।

आगलागीबाट घाइते भएकाहरूलाई जोगेश्वरीस्थित ट्रमा सेन्टर र कूपर अस्पतालमा भर्ना गरिएको उनले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update