Sagun Khabar
भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा
स्वास्थ्य सन्देश
Atrya hospital

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गर्नुभएको छ । मोदी हेलिकप्टरमार्फत कालापानी क्षेत्र पुग्नुभएको हो । उहाँले सामाजिक सञ्जाल ट्विटरमा आफूले कैलाश र पार्वतीकुण्डको दर्शन गरेको भन्दै तस्बिर राख्नु भएको छ ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्ने बुझिएको छ । भारतीय प्रधानमन्त्री मोदी पुगेको ठाउँ नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।

  मोदीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सरकारले २०७७ साल जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेटिएको छ । भारतले भने यो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update