Sagun Khabar
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् । 

पूर्वप्रधानमन्त्री शङ्घाईमा बस्दै आएका थिए । उनी सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो वरीयतामा रहेका थिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सीपीसीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिने ली खछ्याङलाई कुनै समय भावी प्रधानमन्त्री भनेर समेत चर्चा हुने गरेको थियो । 

पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका उनी अर्थनीतिको जानकार पनि थिए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update