Sagun Khabar
बैतडीमा एक जना फरार प्रतिवादी पक्राउ 

बैतडी –बैतडीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ५ का २४ बर्षीय मुकेश चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

सवारी अंगभंग मुद्दामा सजाय तोकिएका चन्द फरार रहेका थिए । जिल्ला अदालत बैतडीले गत जेठ १८ गते सवारी मुद्दामा उनीमाथि तीन बर्षको कैद सजाय हुने फैसला सुनाएको थियो । फैसलापछि उनी फरार रहेका थिए । 

Atrya hospital

२०७८ माघमा भएको सवारी दुर्घटनमा उनीमाथि सवारी अंगभंग मुद्दा चलाइएको थियो । पक्राउ परेका चन्दलाई सोमबार अदालत पेश गरेर कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

यसअघि २६ दिन प्रहरी हिरासतमा रहेका चन्दले अब २ बर्ष ११ महिना ४ दिन कैद भुक्तान गर्नुपर्ने प्रहरी निरीक्षक खत्रीले बताए । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update