दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु
दार्चुला – दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–७ श्रीपुरमा मंगलबार साँझ ६ बजेतिर चट्याङ लागेर सोही ठाउँका ४० बर्षीय भोजराज जोशीको मृत्यु भएको स्थानीय दिपक जोशीले बताए ।
घर नजिकै रहेको अर्को गोठमा गाईवस्तुलाई घाँस हाल्न जाँदा जोशीलाई चट्याङ लागेको थियो ।
मृतक जोशीको घरमा श्रीमती, आमा र दुई छोरा रहेका छन् । जोशीको अल्पायुमै निधन भएपछि गाउँ शोकमा डुबेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३ ११:१४
प्रतिक्रिया दिनुहोस्




