Sagun Khabar
प्रेस युनियन बैतडीको अध्यक्षमा केशवराज भट्ट चयन 

बैतडी–नेपाल प्रेस युनियन बैतडीको अध्यक्षमा केशवराज भट्ट चयन भएका छन् । 

प्रेस युनियन बैतडीको सातौं जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उक्त समितिको उपाध्यक्षमा राजेन्द्र बिष्ट, महिला उपाध्यक्षमा राधा बोहरा, सचिवमा केशव खत्री, सहसचिवमा प्रवेश सिनाल, कोषाध्यक्षमा सुरेश महरा लगायत अन्य सदस्यहरु रहेका छन् । 

पत्रकारहरुको पेशागत हकहित र सुरक्षाका लागि नयाँ कार्यसमितिले काम गर्ने अध्यक्ष भट्टले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update