Sagun Khabar
पाकिस्तानको एक सपिङ मलमा आगलागी, ११ जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

पाकिस्तानको दक्षिणी सहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आगलागीमा परेर २० जनाभन्दा बढी घाइते भएका छन् ।

कराँची पूर्वी जिल्लाका डेपुटी कमिशनर अल्ताफ शेखले शनिबार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताए । जलेको कारण तीन जनाको अवस्था गम्भीर छ । दक्षिणी सिन्ध प्रान्तका कार्यबाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिएका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update