Sagun Khabar
बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालको सरुवा

बैतडी- बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालको सरुवा भएको छ ।  प्रमुख प्रशासकीय अधिकृत अर्यालको ललितपुर सरुवा भएको हो । 
अर्यालले पाटन नगरपालिकामा निरन्तर करिब एक वर्ष प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालेका थिए । 

अधिकांश प्रमुख प्रशासकीय अधिकृत बढीमा करिब ६ महिना मात्रै कार्यरत रहने गरेको नगरपालिकाका कर्मचारी तथा स्थानीयको भनाइ छ । पाटनमा यसअघि प्रमुख प्रशासकीय अधिकृतहरू लामो समय टिक्ने गरेका थिएनन् ।  

अर्यालको एक वर्षको कार्यकाललाई पाटनमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा तुलनात्मक रूपमा लामो कार्यकालका रूपमा हेरिएको छ । उनको सरुवासँगै पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको निर्णयअनुसार ३५ जना उपसचिवको सरुवा भएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update