Sagun Khabar
बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते 

बैतडी –बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका –२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ बर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन् । 

सोमबार बिहान ११ बजेतिर घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामीमाथि चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणबाट घाइते भएका धामीको दाँया हातमा चोट रहेको छ । उनको जिल्ला अस्पताल बैतडीमा उपचार गरिएको स्थानीय कृष्णबहादुर बोहराले बताए । 

Atrya hospital

धामीलाई चितुवाले आक्रमण गर्दा अरु गोठलाहरुले होहल्ला गरेपछि चितुवा भागेको बोहराले बताए । अरु गोठला पनि साथै भएको हुनाले अप्रिय घटना हुन नपाएको उनको भनाइ छ । 

रेला जंगलबाट आएको चितुवा फेरि रेला जंगलतर्फ भागेको बोहराले बताए । चितुवाले मानिसमाथि आक्रमण गरेपछि स्थानीयबासी त्रसित बनेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update