Sagun Khabar
बैतडीको सुर्नयाका महराको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल

बैतडी -  बैतडीको सुर्नया गाउँपालिका ४ तल्लिबरायल घरभएका नरबहादुर महराको मस्तिष्कसम्बन्धी पुरानो समस्या फेरि बल्झिएपछि उपचारका लागि आर्थिक  अभाव भएको छ ।

हाल कैलाली अस्पतालमा उपचाररत महराको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएका छन ।  अस्पताल प्रशासनका अनुसार महराको उपचार तथा शल्यक्रियाका लागि करिब ८ देखि १० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। तर, परिवारको आर्थिक अवस्था कमजोर रहेकाले आवश्यक रकम जुटाउन नसक्दा उनको उपचारमा समस्या भएको पारिवारिक स्रोतले जनाएको छ।

आर्थिक अभावका कारण उपचार रोकिने अवस्था आउन सक्ने भएपछि अहिले नरबहादुर महराको जीवनरक्षाका लागि सहयोगको अपिल गरिएको छ। लामो समयदेखि मस्तिष्कसम्बन्धी समस्यासँग जुध्दै आएका महराको उपचारका लागि ठूलो रकम आवश्यक परेपछि परिवारले आफन्त, इष्टमित्र तथा सहयोगी मन भएका सम्पूर्ण महानुभावहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिन अपिल गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update