Sagun Khabar
एमाले अध्यक्ष ओली बैतडीमा :संकल्प यात्राको उद्दघाटन गर्ने 
Atrya hospital

बैतडी –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैतडी पुगेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्दघाटनका लागि अध्यक्ष ओली आज बैतडी पुगेका हुन् । 

अध्यक्ष ओलीसंगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु समेत बैतडी पुगेका एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । अध्यक्ष ओलीसहितका नेताहरुलाई बैतडीको अनारखोलीमा स्वागत गरिएको छ । 

यस्तै अध्यक्ष ओलीले पाटनमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका छन् । समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए। 
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update