Sagun Khabar
बैतडीको पञ्चेश्वरमा खोरमा आगलागी हुँदा ११ बंगुर मरे 
Atrya hospital

बैतडी –बैतडीमा एक बंगुर खोरमा आगलागी हुँदा ११ बंगुर मरेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सान्नमा नरसिंह सुतार र महादेव धनाडीले सञ्चालन गरेकोे बङ्गुरको खोरमा शुक्रबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा रातिको समयमा आगो लागेको हो । खोरमा आगो लागेपछि ११ वटा बङ्गुर जलेर मरेका प्रहरी निरीक्षक केसीले बताए । बंगुर खोरमा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन् ।  घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए । 

सुतार र धनाडी मिलेर दुवै जनाले गौतम बाख्रा, बंगुर र पशुपन्छी फर्म सञ्चालन गरिरहेकोमा बंगुरको खोरमा आगलागी भएको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update