Sagun Khabar
भारतको नैनीतालमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

 भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। उत्तराखण्डस्थित नैनीतालमा यात्रुबाहक जिप बेतालघाट क्षेत्रमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । भने ३ जना घाइते भएका छन्। घाइते तीनै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रहरीका अनुसार जिपमा ११ जना सवार थिए।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update