Sagun Khabar
मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढलेर लाग्दा मृत्यु हुनेको संख्या १४ पुग्यो
Atrya hospital

भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् । 

७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा  खसेको बीबीसीले जनाएको छ । 

मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बोर्ड खस्दा गाडीहरू च्यापिएका छन् ।  त्यहाँ उद्धारको काम भैरहेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update