Sagun Khabar
दशरथचन्द माविको दुई कोठे भवन पहिरोको जोखिममा 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीको दुई कोठे भवन पहिरोको जोखिममा परेको छ । 

तीन दिनको अविरल बर्षाका कारण विद्यालयको पश्चिमतर्फ रहेको दुई कोठे भवन पहिरोको जोखिममा परेको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । उक्त भवनको अगाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिरोको जोखिममा परेको उनले बताए । 

पहिरोले विद्यालय भवनका साथै गोठलापानी–झुलाघाट सडकखण्डमा समेत क्षति पुर्याउन सक्ने प्रधानाध्यापक चन्दले बताए । 

पहिरो रोकथामका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको छ । समयमै पहिरो रोकथामको उपाय अपनाउन नसके विद्यालय भवन र सडक पहिरोको चपेटामा पर्ने प्रधानाध्यापक चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update