Sagun Khabar
उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउँदै 

बैतडी –उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउने भएका छन् । विभिन्न कार्यक्रममा सहभागिता जनाउनका लागि मन्त्री भण्डारी आज साँझ गृह जिल्ला पुग्ने कार्यक्रम तय भएको मन्त्री भण्डरीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए । 

गृह जिल्लामा मन्त्री भण्डारीले बिहीबार पाटन नगरपालिकाको प्रशासकीय भवनको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । बिहान प्रशासकीय भवनको उद्दघाटन पछि दिउँसो कफीखेती सम्बन्धी अभिमुखीकरण कार्यक्रम र रोपन कार्यको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । 

Atrya hospital

बिहीबार नै मन्त्री भण्डारीले देहीमाण्डौंमा खेलकुद महासंघले आयोजना गर्ने बृहत खुला महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । 

शुक्रबार बिहान मन्त्री भण्डारी गृह जिल्ला बैतडीबाट काठमाण्डौं फर्कने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update