Sagun Khabar
बैतडीमा लडेर घाइते भएका एक विद्यार्थीको मृत्यु 

बैतडी –बैतडीमा लडेर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा ९ मा अध्ययनरत १४ बर्षीय प्रकाश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

पाटन नगरपालिका ४ बथ्थी घर भएका विक गएको शुक्रबार विद्यालयमा कुर्सी बाहिर ल्याउने क्रममा लडेर घाइते भएका थिए । छातीमा चोट लागेका विकलाई सोही दिन डडेल्धुरा अस्पताल पुर्याएको र अस्पतालबाट घर ल्याएपछि उनको शनिबार बिहान मृत्यु भएको बताइएको छ । 

Atrya hospital

अस्पतालबाट उपचार गरेर फर्केका विकलाई शनिबार बिहान असहज भएपछि पाटनस्थित डिएस पोलिक्लिनिकमा पुर्याएपनि उनको सोही ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update