Sagun Khabar
बैतडीमा लडेर एक महिला घाइते 
फाइल फोटो
Atrya hospital

बैतडी–बैतडीमा एकजना महिला लडेर घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका ८ की ४२ बर्षीया कलावती महरा लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

सोमबार दिउँसो दुई बजेतिर घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी महरा भीरबाट लडेर गम्भीर घाइते भएकी प्रहरी निरीक्षक जोशीले बताए । उनी झण्डै एक किलोमिटर तल खसेकी थिइन् । घाइते महराको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update