Sagun Khabar
दार्चुलाका एक पुरुष बैतडीमा मृत फेला
Atrya hospital

 बैतडी –दार्चुला घर भएका एक पुरुष बैतडीमा मृत फेला परेका छन् । दार्चुलाको लेकम गाउँपालिका १ बित्थड घर भएका ५० बर्षीय तिखुरे खत्री मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ बांगाबगरमा सडकबाट अन्दाजी २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा तिखुरेको शव शुक्रबार साँझ ७ बजेतिर फेला परेको हो । 

घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update