Sagun Khabar
बैतडीका एक किशोर भारतको आनन्दविहारबाट बेपत्ता 

बैतडी–बैतडीका एक किशोर भारतको आनन्दविहार बसपार्कबाट बेपत्ता भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ चौंडालीका २० बर्षीय विजय चन्द भारतको नयाँदिल्लीस्थित आनन्दविहार बसपार्कबाट बेपत्ता भएका हुन् । 
रोजगारीका लागि भारत गएका चन्द शुक्रबार बिहान चारबजेतिर आनन्दविहार बसपार्कबाट बेपत्ता भएका भारतको पञ्जाबमा रहेका बैतडीका जय चन्दले जानकारी दिए । 

गाउँकै एकजनासंग भारत गएका विजय बेपत्ता भएपछि उनको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । 

Atrya hospital

बसपार्कबाट विजय बेपत्ता भएपछि भारतीय प्रहरीलाई जानकारी समेत गराइसकेको तर अहिलेसम्म फेला पार्न नसकेको चन्दले बताए । भारतमा रहेका नेपालीहरुलाई विजयको खोजीमा सहयोग गरिदिन अनुरोध समेत गरिएको छ । 

बेपत्ता भएका विजय चन्दका दाजु अजय चन्द पनि रोजगारीको सिलसिलामा भारतमै रहेका छन् । विजयलाई कसैले भेटेमा ९१७८३६९५८७६२ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update