Sagun Khabar
बैतडीबाट निर्वाचित प्रदेश सांसद पाल बने आर्थिक मामिला तथा योजना मन्त्री 

बैतडी–बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाल आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रीपरिषद विस्तार गर्दै पाललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् । 

गएको निर्वाचनमा एमालेका तर्फबाट बैतडी प्रदेश सभा क्षेत्र नं.१ बाट प्रदेश सभा सदस्यमा निर्वाचित पाल मन्त्री पदमा नियुक्त भएका हुन् । उनले आजै मन्त्री पदको शपथ समेत ग्रहण गरिसकेका छन् । 

Atrya hospital

२०७९ सालमा सम्पन्न भएको प्रदेशसभा सदस्यको निर्वाचनमा १२ हजार ८३१ मत प्राप्त गरेर पाल प्रदेश सभा सदस्यमा विजयी भएका थिए । नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पार्दै पाल विजयी भएका थिए । 

पाल नेकपा एमाले बैतडीका अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update