दार्चुला जिप दुर्घटना : घाइते तीन जनालाई हेलिकोप्टरमार्फत धनगढी लगियो
                        
                        
                                                
                                            
                                                                    दार्चुला –दार्चुलामा जिप दुर्घटना परी घाइते भएका पाँच जनामध्ये तीनजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
गम्भीर घाइते भएका तीनजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए ।
दुर्घटना परेर गम्भीर घाइते भएका जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका –८ पस्तीका ३० बर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ बर्षीय उत्तम रोकाया र दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ८ बर्षीय सन्दीप रावललाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १०:३०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
