दार्चुलामा भीरबाट लडेर एक वृद्धको मृत्यु 
                        
                        
                                                
                                            
                                                                    दार्चुला –दार्चुलामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ अम्कुरका ८६ वर्षीय गगनसिंह बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
शनिबार साँझ दाउरा ल्याउन गएका बोहरा बाँजाधार भीरबाट लडेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको लेकम गाउँपालिका वडा नं–५ का वडा अध्यक्ष बल्देवसिंह बोहराले जानकारी दिए ।
बोहरा भीरबाट १ सय ५० मिटर तल खसेका थिए ।
गाउँका जेष्ठ नागरिक बोहराको मृत्यु भएपछि गाउँमै रहेको भगवती आधारभूत विद्यालयमा आज शोक बिदा दिइएको वडा अध्यक्ष बोहराले बताए । 
 
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ११:३९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
