दार्चुलामा २० ओटा खरको थुप्रोमा आगलागी 
                        
                        
                                                
                                            
                                                                    दार्चुला –दार्चुलामा २० ओटा खरको थुप्रोमा आगलागी भएको छ । जिल्लाको दुहुँ गाउँपालिका–१ बिणका ४० वर्षीय पिताम्बर भट्टको १२ वटा खरको थुप्रो र ५० वर्षीय दुर्गादत्त भट्टको ८ वटा खरको थुप्रो गरी २० वटा खरको थुप्रोमा आगलागी भएको हो ।
यसका काठको ५० वटा कडीमा समेत आगलागी भएको छ ।
सोमबार राति आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
 
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १८:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
