दार्चुलामा आगोले जलेर एक महिला घाइते 
                        
                        
                                                
                                            
                                                                    दार्चुला –दार्चुलाको लेकम गाउँपालिकामा आगो ताप्ने क्रममा एक महिला घाइते भएकी छन् ।
जिल्लाको लेकम गाउँपालिका –२ बिटोराकी ८१ बर्षीया बिस्ना ठगुन्ना मंगलवार आगोले जलेर घाइते भएकी हुन् ।
आगो ताप्ने क्रममा आँफैले लगाएको कपडामा आगो सल्किँदा ठगुन्ना घाइते भएकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
घाइते ठगुन्नालाई उपचारका लागि धनगढी पठाइएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १८:५१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
