दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते 
                        
                        
                                                
                                            
                                                दार्चुला –दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङकी ३५ बर्षीया लक्ष्मी ठगुन्ना चितुवाको आक्रमणबाट घाइते भएकी हुन् ।
घर नजिकैको घट्टेखोलामा घाँस काट्ने क्रममा ठगुन्नालाई शनिबार बिहान साढे ८ बजेतिर चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते ठगुन्नाको टाउकोमा चोट रहेको र अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।
जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्धको सुई नहुँदा उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरी निरीक्षक जोशीले बताए । 
 
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १७:३९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
