दार्चुलामा रुखबाट लडेर एक महिला घाइते 
                        
                        
                                                
                                            
                                                                    दार्चुला –दार्चुलामा रुखबाट लडेर एक महिला घाइते भएकी छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–३ सन्नीकी २५ बर्षीया कलावती धामी स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
शनिबार बिहान ९ बजेतिर घर नजिकैको रुखमा स्याउला काट्ने क्रममा धामी लडेकी थिइन् । रुखबाट लडेर घाइते भएकी धामीको मेरुदण्ड भाँचिएको प्रहरी निरीक्षक जोशीले बताए ।
घाइते धामीलाई जिल्ला अस्पताल दार्चुलामा समान्य उपचारपछि थप उपचारका लागि भारतको पिथौरागढ लगिएको छ । 
 
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १७:४७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
