दार्चुलामा एक पुरुष मृत फेला 
                        
                        
                                                
                                            
                                                                    दार्चुला –दार्चुलामा एक जना पुरुष मृत फेला परेका छन् ।
जिल्लाको दुहुँ गाउँपालिका –५ सुतखोला, थाममा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिला घर भएका ४६ बर्षीय हर्कसिंह बडाल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरिक्षक कान्तिराज जोशीले जानकारी दिए ।
बिहीबार घरबाट सदरमुकाम खलंगा जान्छु भनेर हिँडेका बडाल शनिबार दिउँसो मृत फेला परेका उनले बताए ।
शव भेटिएको ठाउँको प्रकृति हेर्दा बडाल भीरबाट लडेका हुन सक्ने आशंका गरिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेकोे प्रहरी निरीक्षक जोशीले जानकारी दिए । 
 
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १७:२१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
