Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक छात्रा गम्भीर घाइते 

बैतडी–बैतडीमा भीरबाट लडेर एक छात्रा गम्भीर घाइते भएकी छन् । 

जिल्लाको पाटन नगरपालिका–२ भुलकट्टेकी १६ बर्षीया सावित्री पाण्डेय बुधबार बिहान विद्यालय आउने क्रममा भीरबाट लडेर घाइते भएकी हुन् । 

पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययनरत पाण्डेय विद्यालय आउने क्रममा खेती भन्ने ठाउँमा बाटोबाट लडेर झण्डै ७० मिटर तल खोलामा खसेकी विद्यालयका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए । 

उनलाई उद्धार गरेर सिलंगा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पठाइएको छ । घाइते पाण्डेय अचेत अवस्थामा रहेकी छन् । 

पाण्डेयको टाउको,छाती, पेट र खुट्टमा चोट रहेको प्रधानाध्यापक बोहराले बताए । साँघुरो बाटोबाट पाण्डेय एक्कासी लडेकी उनले बताए । 

घनघस्याको फेदमा रहेको भुलकट्टे गाउँबाट दैनिक २५–३० जना विद्यार्थी विद्यालयमा आउने –जाने गर्दछन् । विद्यालयबाट डेढ घण्टाको दुरीमा रहेको उक्त गाउँ पुग्ने बाटो निकै असहज भएकाले दुर्घटनाको जोखिम बढेको प्रधानाध्यापक बोहराले बताए । 

विद्यालय आउने–जाने बाटो समेत सुधार नहुँदा समस्या भएको बताइएको छ । बालबालिकाहरुलाई उक्त बाटोमा आवतजावत गर्दा निकै जोखिम रहेको प्रधानाध्यापक बोहराको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update