Sagun Khabar
रास्वपाले खगेन्द्र सुनारमाथि छानबिन थाल्यो, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।

सांसद सुनारको विषयमा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख छ ।

महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील रहेका विज्ञप्तिमा उल्लेख छ ।

सुनारमाथि लागेको आरोपकाबारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ । रास्वपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ ।

एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन अघि बढाएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update