बैतडीमा २७ वर्षीया महिलामाथि जबरजस्तीकरणी गरेको अभियोगमा एकजना पक्राउ
बैतडी–बैतडीमा २७ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका–४ द्वारी बस्ने ६८ वर्षीय मोहनसिंह बोहरालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।
मानसिक अवस्था ठीक नभएकी ती महिलालाई बोहराले जबरजस्तीकरणी गरेको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट धौनाखोलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
पक्राउ परेका बोहरामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३ ०७:४३
प्रतिक्रिया दिनुहोस्




