संगम बहुउद्देश्यीय सहकारीको सचिवमा सुनिल विष्ट निर्विरोध निर्वाचित

बैतडी - कैलालीको अत्तरियामा रहेको संगम बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ । शनिबार सम्पन्न संस्थाको आठौँ वार्षिक साधारण सभाको बन्दसत्रले चन्द्रबहादुर विष्टको अध्यक्षतामा ७ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा शेरबहादुर विष्ट, सचिवमा सुनिल विष्ट र कोषाध्यक्षमा दीर्घराज अवस्थी निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा नरबहादुर ऐरी, कविता पाण्डे र कविता पोखरेल चयन भएका छन् । संस्थाका कार्यकारी प्रमुख अम्मर कुँवरका अनुसार बन्दसत्रले लेखा सुपरिवेक्षण समिति पनि निर्विरोध चयन गरेको छ । जसको संयोजकमा अर्जुनबहादुर डंगौरा रहेका छन् भने सदस्यहरूमा दिवाकर सिंह ठकुरी र रेखादेवी चन्द निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई शनिबार नै शपथ ग्रहण गराइएको संस्थाका कार्यकारी प्रमुख कुँवरले जानकारी दिए । साधारण सभाबाट नयाँ नेतृत्व निर्विरोध चयन भएसँगै सहकारीको आगामी कार्यकालमा संस्थाको विकास, आर्थिक पारदर्शिता तथा सदस्यहरूको हितमा प्रभावकारी काम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update