Sagun Khabar
बडादशैँको सातौँ दिन आज फूलपाती

बैतडी- नवरात्रको सातौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

हरेक वर्ष असोज शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती पनि भित्र्याइन्छ ।

नवरात्रको पहिलो दिन गएको आइतबार २५ गते दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गरिन्छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । 

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  ०७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update