Sagun Khabar
बैतडीमा देउवा समूहको जिल्ला र प्रदेश र क्षेत्रीय समिति निर्वाचित

बैतडी - नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बैतडीमा जिल्ला कार्यसमिति तथा प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारी चयन गरेको छ । 

जिल्ला कार्यसमितिको सभापतिमा वीरबहादुर बिष्ट चयन भएका छन् । उपसभापतिमा रमेश दत्त पाण्डेय र रमेश सिंह भण्डारी, सचिवमा लालबहादुर चन्द र महेश दत्त भट्ट तथा सहसचिवमा वीरबहादुर गडाल र भानदेव भट्ट चयन भएका छन् ।

त्यस्तै, प्रदेश सभा क्षेत्र नम्बर १ को सभापतिमा रिकेशबहादुर बोहोरा निर्वाचित भएका छन् । उपसभापतिमा जोगा सिंह साउद र उत्तरबहादुर चन्द, सचिवमा डम्मरे कुँवर र अम्बादत्त पन्त तथा सहसचिवमा गणेशदत्त भट्टराई र हजारि महरा चयन भएका छन् ।

प्रदेश सभा क्षेत्र नम्बर २ को सभापतिमा भरत सिंह पुजारा निर्वाचित भएका छन् । उपसभापतिमा देवबहादुर चन्द र भीमराज भट्ट, सचिवमा डम्बर दत्त कलौनी र राजेन्द्र जोशी तथा सहसचिवमा रतन सिंह कार्की र सुक्र सिंह महता चयन भएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update