नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणलाई आईसीसीको आधिकारिक मान्यता
काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले नेपाल क्रिकेट सङ्घ (CAN) द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणलाई औपचारिक मान्यता प्रदान गरेको छ ।
नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म (NPL) को तेस्रो संस्करण आयोजना तथा सञ्चालन हुँदैछ ।
आईसीसीबाट प्राप्त यस मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास क्यानले व्यक्त गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३ १९:१५
प्रतिक्रिया दिनुहोस्




