Sagun Khabar
दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

दार्चुलाः दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। 

शैल्यशिखर नगरपालिका–८ झरकाडा गोगनाडी बस्ने अन्दाजी ४८ वर्षीय वीरभद्र जोशीको अरिंगालले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो।

अरिंगालको टोकाइबाट घाइते भएका जोशीको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update