Sagun Khabar
शारीरिक अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय बैतडीको निर्देशन

बैतडी - जिल्ला प्रशासन कार्यालय बैतडीले शारीरिक अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको अद्यावधिक विवरण पठाउन सबै स्थानीय तहका वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।

कार्यालयको “अशक्तको घरमा प्र.जि.अ. कार्यक्रम” अन्तर्गत घरमै नागरिकता वितरण गर्ने कार्य भइरहेको भए पनि प्राप्त कतिपय विवरण अपुरो पाइएकाले प्रशासनले पछिसम्म फरक नपर्ने गरी पुनः विवरण माग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा जारी गरिएको सूचनामा यहि कार्तीक १६ गतेभित्र सम्बन्धित वडा कार्यालयहरूलाई आ–आफ्नो वडाभित्र रहेका अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको अद्यावधिक विवरण कार्यालयको इमेल ठेगानामा पठाईक्न अनुरोध गरिएको छ ।

विवरण पठाउँदा केवल १६ वर्ष पुगेका तर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको मात्र पठाउनु पर्नेछ ।

साथै, सर्वसाधारण तथा संचारकर्मीहरूलाई पनि नागरिकता विहीन अशक्त र अपाङ्गता भएका व्यक्तिहरूको विवरण सम्बन्धित वडा कार्यालयमा दिएर यस अभियानमा सहयोग गर्न अपिल गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १४:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update